समाजसेवी सुशील कुमार खड्का बाट ७९३जना विध्यार्थि र विद्यालयलाई सहयोग हस्तान्तरण

काठमाडौ । नुवाकाेटको दुप्चेश्वर गाउँपालीका को वडा नम्बर ७ शिखरबेसी स्थित विभिन्न विध्यालय का विधार्थीहरुलाई समाजसेवी तथा  नेपाली काँग्रेस प्रदेश क्षेत्रिय सभापति सुशील कुमार खड्का द्वारा सहयोग हस्तान्तरण गरेका छन।
                                कार्यक्रममा  प्रमुख अतिथि दुप्चेश्वर गाउँपालीकाका अध्यक्ष योबिन्द्र सिंह तामाङ,रहनु भएको थियो । विशिष्ट अतिथि नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं १, क्षेत्रीय सचिव शिव गुणी, प्रदेश क्षेत्रिय उपसभापति उपेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।             वछला मा वि. को ३९२ जना, कोटबारी स्कुल को ८६ जना, शिखरबेसी आधारभूत विधालयको १६१ जना, चन भुमे आधारभुत प्रा. वि. को ८० जना, कृष्ण आधारभुत  विधालयको ७० जना र नवोदय आधारभुत विधालयको १४ जना विद्यार्थीहरुलाई स्कुल पोषाक दिईएको थियो । साथै बछला मा. वि.लाई नगद रु. ५०, ०००/- सहयोग गरिएको छ।