नेपाल स्वास्थकर्मी संघ नुवाकोटले गर्यो क्यालेन्डर विमोचन तथा बनभोज कार्यक्रम
काठमाडौ । नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटले क्यालेन्डर प्रकासन तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ।
शिवपुरी गाउँपालिकाको वडा न सातको पर्यटकिय स्थल सुईरे चौरमा एक कार्यक्रमका विच प्रमुख अथिती नेपाली काङ्ग्रेस नुवाकोटका सभापती रमेश कुमार महतले क्यालेन्डर विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अथिती स्वास्थकर्मी संघ बागमती प्रदेशका अध्यक्ष कमल भट्टराई अथितीहरु स्वस्थ कार्यालय नुवाकोटका प्रमुख महेन्द्र ध्वज अधिकारी शिवपुरी गाउँ पालिक प्रमुख प्रशासकिय अधिकृत ज्ञान्नेन्द्र प्रसाद भट्ट लगायतको उपस्थित रहेको थियो ।



