तारकेश्वर ९मा माओवादी केन्द्रले गर्यो शुभकामना आदानप्रदान तथा कार्यलय उद्वघाटन
काठमाडौ । नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्र तारकेश्वर नगरपालिका वडा न ९ वडा कमिटीले चियापान तथा शुभकामना आदानप्रदान तथा पाटि कार्यलय उदघाटन कार्यक्रम गरेको छ। कार्यक्रम शुभकामना चोकको अजिमा पाटिप्यालेसमा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय समिति सदस्य रा पि फुयाल रहेका विशेष अतिथि कलाधर पौडेल र नगरकमिटि सल्लाहकार हर्ष बहादुर श्रेष्ठ रहेका थिय अतिथिमा नेकपा माओवादी केन्द्र क्षेत्र न ६ का इन्चार्ज पार्वती थापा वडा न ९ र १० निर्वाचन कमाण्ड विना राना नेकपा माओवादी केन्द्र तारकेश्वर नगर कमिटी अध्यक्ष रामकुमार थापा रहेका थिए भने वडा कमिटी अध्यक्ष मदनकुमार अधिकारीको सभापतिमा कार्यक्रम सम्पन्न भएको थियो ।
२ बैशाख २०७९, शुक्रबार