शिवपुरीमा तामझामका साथ उम्मेदवारहरुले गरे मनोनयन दर्ता

शिवपुरी । शिवपुरी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत आठ वटै वडा अध्यक्ष र वडा सदस्य पदका लागि मनोनयन दर्ता भएको छ ।

नेपाली कांग्रेसबाट अध्यक्ष पदमा गोविन्द थपलिया, उपाध्यक्ष पदमा इन्दिरा थापा खड्का, वडा नं. १ को अध्यक्षमा महेन्द्रराज खत्री, वडा नं. २ ममा रुद्र बहादुर गुरुङ, वडा नं. ३ मा अर्जुन रायमाझी, वडा नं. ४ मा चन्द्र बहादुर गुरुङ, वडा नंं ५ मा रामकृष्ण थापा, वडा नं. ६ मा लाल बहादुर तामाङ, वडा नं. ७ मा शिव गुणी र वडा नंं ८ मा केशव रिजालको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट अध्यक्ष जितेन्द्र बिष्ट, उपाध्यक्षमा मंगलमाया प्रजापति, वडा नं. १ को अध्यक्षमा रामराज दुलाल, वडा नं. २ मा कुल बहादुर तामाङ, वडा नं. ३ मा कुमार तामाङ, वडा नं. ४ मा गोरे तामाङ, वडा नं. ५ मा रेशम मोक्तान, वडा नंं ६ मा विष्णु श्रेष्ठ, वडा नंं ७ मा राजाराम गुणी, वडा नं. ८ मा रामशरण थापाको उम्मेदवारी परेको छ ।

शिवपुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी बीच गठबन्धन भएको छ । पालिका अध्यक्ष सहित वडा नं. ४ र वडा नंं ८ समाजवादीले पाएको छ भने उपाध्यक्ष र बाँकी वडा माओवादीको भागमा परेको छ । गठबन्धनबाट अध्यक्ष पदमा पदम उप्रेती, उपाध्यक्ष बिर बहादुर तामाङ, वडा नं. १ को वडा अध्यक्ष सुकुराम तामाङ, वडा नं. २ मा कुमार तामाङ, वडा नं. ३ मा नातिकाजी तामाङ (बलबहादुर), वडा नं. ४ मा ओम बहादुर बुढाथोकी, वडा नं. ५ मा विनोद तामाङ, वडा नंं ६ मा रविन्द्र कुमार तामाङ, वडा नंं ७ मा विर बहादुर तामाङ, वडा नंं ८ मा पदम थपलियाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अध्यक्षमा सुन्दर प्रसाद पाण्डे, उपाध्यक्षमा बट्टाई अधिकारी, वडा नं. १ को वडा अध्यक्षमा श्यामलाल तामाङ, वडा नं. २ मा सञ्जय तामाङ, वडा नं. ३ मा यादव भण्डारी, वडा नंं ४ मा रविन्द्र तामाङ, वडा नंं ५ मा अमिर तामाङ, वडा नं. ६ मा गोमानसिंह तामाङ, वडा नं. ७ मा राम लामा, वडा नं. ८ मा रामचन्द्र उप्रेती अध्यक्ष पदमा उम्मेदवार छन् ।

विभिन्न पदका लागि अन्य स्वतन्त्र उम्मेदवारहरु पनि रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, गठबन्धन भित्र पनि उम्मेदवारी मनोनयनका विषयमा आन्तरीक असन्तुष्टि भने रहेका छन् ।