तारकेश्वरमा बामगठबन्धनका उम्मेदवारले सुरु गरे घरदैलो कार्यक्रम

काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौको तारकेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले आजबाट घरदैलो कार्यक्रम र वडा पाटि कार्यलय उदघाटन गर्ने लागिएका छन।                  तारकेश्वर नगरपालिकामा बामगठबन्ध तफ बाट मेयरमा नेकपा एकीकृत समाजवादी बाट लवकुमार बस्नेत र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट धनलाल महर्जन रहेका छन।बामगठबन्धन दलले आज तारकेश्वर नगरपालिका वडा न ३ मा सयक्त निर्वाचन परिचालन वडा पाटि कार्यलयको तिनपिप्ले चोकमा सुभारम्भ र घरदैलो कार्यक्रम गरेका छन।                कार्यक्रममा उम्मेदवारहरुले नगरमा आफ्नो दलले जनताको लागि काम गर्ने र अरु दल भन्दा जनताको आवश्यकतालाई हेरेर काम गर्ने प्रतिबदता पनि ब्यक्त गरेका छन।वडा न ३ मा गठबन्धन बाट वडा अध्यक्षका उम्मेदवार  हरि शरण घिमिरे र सदस्यहरु ऋिषिराम अधिकारी , सुवास अर्याल , सुसिला गजुरेल , शान्ति परियार रहेका छन।