टोखामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार घरदैलो कार्यक्रममा

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि यतिबेला विभिन्न राजनीति पाटिका उम्मेदवार हरु मतदाताको घरदैलो गरिरहेका छन । यसै क्रममा काठमाडौको टोखा नगरपालिकामा नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीका उम्मेदवार मत माग्न मतदाताका घरघरमा गईरहेका छन। टोखामा नेकपा एकीकृत समाजवादीले मेयरमा महिला उम्मेदवार कविता गौतम घिमिरेले अघि सारेको छ भने उपमेयर जोग प्रसाद नेपाल रहेका छन। समाजवादीका उम्मेदवारले आज टोखा नगरपालिका वडा न २ टोखा बजारमा बाजागाजा सहित घरदैलो कार्यक्रम गरेका छन। वडा न २ मा समाजवादी बाट देवराज डङगोल वडा अध्यक्षका उम्मेदवार रहेका छन।