शिवपुरीमा बाम गठबन्धनले गर्यो थानपतीमा सम्पर्क कार्यलय स्थापना

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला नुवाकोटका गाउँ गाउँमा राजनीति दलका उम्मेदवारहरु मतदाता का घर घरमा गई मत मागिरहेका छन।                      नुवाकोटको शिवपुरी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत समाजवादी को बाम गठबन्धन रहेको छ ।यो दलका उम्मेदवार हरु अहिले गाउँ गाउँमा घर घरमा गई मत मागिरहेका छन। शिवपुरी वडा न ८ मा चुनावी कार्यक्रम र प्रचार प्रसार गर्ने गठबन्धनले आज थानपतीमा सम्पर्क कार्यलय सञ्चालनमा ल्याएका छन। शिवपुरीका बामगठबन्धनका गाउँपालिका उम्मेदवार  अध्यक्ष पदम उप्रेती र उपाध्यक्ष वीर बहादुर तामाङको उपस्थितिमा कार्यलय सञ्चालनमा ल्याएका छन।