शिवपुरी वडा न ६मा बामगठबन्धनका उम्मेदवार घरदैलो अभियानमा

काठमाडौ । नुवाकोट जिल्लाकाे पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा यतिबेला स्थानीय निर्वाचनको माहोल गाउँ गाउँमा लाग्दै गएको छ। विभिन्न राजनीति दलका उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न गईरहेका छन।              यसै क्रममा शिवपुरीमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र को बामगठबन्धन रहेको छ।गाउँपालिका अध्यक्ष उम्मेदवार पदम उप्रेती र उपाध्यक्ष वीर बहादुर तामाङ रहेका छन । आज बामगठबन्धनका उम्मेदवारले शिवपुरीको वडा न ६ समुन्द्रादेविमा घरदैलो कार्यक्रममा घर घरमै गई मतदातासग मत माग्नु भएको थियो ।