तारकेश्वर वडा न २ मा बामगठबन्धनका उम्मेदवार घरदैलो अभियानमा

काठमाडौ । तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् ।          तारकेश्वरमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन रहेको छ। गठबन्धन बाट मेयरमा लवकुमार बस्नेत र उपमेयरमा धनलाल महर्जन उम्मेदवार रहेका छन । गठबन्धनका उम्मेदवारहरु यतिबेला नगरका वडा हरु मतादाताको घर दैलोमा पुगि मत मागिरहेका छन। तारकेश्वर वडा न २ काभ्रेस्थली मा गठबन्धनका वडा अध्यक्ष उम्मेदवार रविन्द्र केसीले मतदाताहरुको घर घरमा गई मत माग्नु भएको छ।