तारकेश्वर वडा नं१० मा काँग्रेसको कुमार राईको प्यानलनै बिजयी
![](https://tarakeshworonline.com/wp-content/uploads/2022/05/FB_IMG_1652715278670.jpg)
काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । नेकपा एमालेका प्रतिद्धन्द्धी धु्रव राईलाई ११८ मतले पछी पार्दै कुमार राईले जित हासिल गरेका छन् । स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार अमृत थापासँग कुमार राईले हार व्यहोरेका थिए ।
वडा सदस्यहरुमा महिला वडा सदस्य शान्ता थपलिया, दलित महिला सदस्य रत्ना परियार र खुल्ला सदस्यहरुमा बाबुराम पौडेल र विक्रम महर्जनले जित हासिल गरेका छन् ।