तारकेश्वरको मेयर र उपमेयरमा काँग्रेसका महर्जन र बुर्लाकोटी विजयी
काठमाडौं तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उहाले ११९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ ।
त्यसै गरि उप-प्रमुखमा नेपाली कांग्रेसका उमेदवार श्री सृजना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरि बिजयी भएकी छिन् भने उहाँको निकटतम प्रतिस्पर्धी भवानी डोटेल लाई ८००६ मत प्राप्त भएको थियो छ । तारकेश्वरको ३ वटा वडा बाहेक सबै वडामा नेपाली काँग्रेसले जीतेको छ । 



