शैक्षिक गुणस्तर सुधार गर्ने लागिरहेको छु:अध्यक्ष बिष्णु श्रेष्ठ
काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठले आफू विधालयको शैक्षिक गुणस्तर सुधार गर्ने लागिरहेको बताएका छन। समुन्द्रा माविले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई शुभकामना कार्यक्रम लाई सम्बोधन गर्दै श्रेष्ठले शैक्षिक गुणस्तर सुधार गन विधार्थी शिक्षक अभिभावक गरि तीन चिजको महत्त्वपूर्ण भुमिका हुने र आफ्नो कार्यकालमा विधालयलाई सधैं सहयोग गर्ने प्रतिबदता ब्यक्त गरे। विधालयमा एक कार्यक्रमका विच शिवपुरी वडा न ६ मा अध्यक्ष मा निर्वाचित बिष्णु श्रेष्ठ टिमलाई माला टीका लगाई स्वागत गरि कार्यकालको शुभकामना दिएका थिए। विधालयका प्रध्यानध्यापक गणेश प्र सिटौलाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई शुभकामना दिदै विधालयलाई सहयोग राम्रो हुने आसा ब्यक्त गरे ।