अब उपत्यकावासीले अनलाईनबाटै मतदाता नामावली दर्ता गराउनसक्ने

काठमाडौं, २८ असार । काठमाडौं उपत्यका बस्ने उमेर पुगेका नागरिकले अब अनलाईनबाटै मतदाता नामावली दर्ता गराउनसक्ने भएका छन् ।

हालसम्म मतदाता नामावलीमा नाम नभएकाहरुले अनलाईनबाट नामावली दर्ता गरेर फोटो खिचाउन र औंठाछाप लगाउनमात्र निर्वाचन कार्यालय गए पुग्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यालयमा हुने चापलाई कम गर्न भन्दै बुधवारदेखि लागु हुनेगरि मतदाता नामावली अनलाईनबाटै संकलन गर्न लागेको हो ।

kaushal english

आयोगले वेभ वेस्ड भोटरलिस्ट प्रि रजिष्ट्रेसन सिस्टटमको विकास गरि पाइलटिंगका रुपमा हाल उपत्यकाका तीन जिल्लामा मात्र यो सुविधा सुरु गरेको हो ।
निर्वाचन आयोगको वेभसाईट मा गई व्यक्तिगत विवरण अनलाईनबाटै पेश गर्न सकिनेछ ।

विवरण पेश गरेपछि प्राप्त संकेत नम्बर र अन्य वैधानिक कागजात सहित निर्वाचन कार्यालयमा गई औंठा छाप र फोटो खिचाउन सकिने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

२८ असार २०७९, मंगलवार