ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुलका सवारी साधनहरूलाई कारबाही

काठमाडौं ।स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम
उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ ।
मिति २०७९।०४।०४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी
कार्यालय र PABSON, NPABSON, HISSAN तथा अभिभावक संघ बिच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो ।                                                          सोही अनुरूप आज मिति २०७९।०४।०८ गते  विभिन्न स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएको थियो ।यसरी ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कूलबसहरुलाई कारबाहीगर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको छ ।
आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी
साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने छ ।

८ श्रावण २०७९, आईतवार