तारकेश्वर अनलाईनको प्रबन्ध निर्देशकमा तिमिल्सिना
तारकेश्वर, १७ साउन । तारकेश्वर नगरपालिका र आसपासका क्षेत्रमा क्रियाशिल सञ्चार माध्यम तारकेश्वर अनलाईनको प्रबन्ध निर्देशकमा हरि तिमिल्सिना चयन भएका छन् ।
तारकेश्वर मिडिया क्रियशन प्रालिको मंगलबार बसेको बैठकले तानपा ६ धर्मस्थली निवासी तिमिल्सिनालाई प्रबन्ध निर्देशकमा चयन गरेको हो । तारकेश्वर मिडिया क्रियशन प्रालिको शेयरधनी रहेका तिमिल्सिना उद्यमी, मानव अधिकारकर्मी तथा राजनीतिकर्मीका रुपमा समेत परिचित छन् । तारकेश्वर नगरपालिका र आसपासका क्षेत्रका समग्र गतिविधिलाई समेट्ने गरि दुईवर्ष अघि देखि सञ्चालित अनलाईनलाई थप गति दिने उद्देश्यले शेयरधनी बैठकले तिमिल्सिनालाई प्रबन्ध निर्देशकमा चयन गरेको संस्थाका अध्यक्ष उद्धवराज भेटुवालले जानकारी दिए ।
अनलाईन पत्रिका संञ्चालन गरिरहेको तारकेश्वर मिडिया क्रियशनले अब मिडिया सम्बन्धी अन्य सेवाहरु पनि सुरु गर्ने प्रबन्ध निर्देशक तिमिल्सिनाले बताए । नगरभित्र र बाहिरका विविध विकृति र विसंगतिमाथि खरो उत्रनका निम्ति सशक्त समुह बनाएर अघि बढ्ने उनको भनाइ छ । सञ्चारमाध्यम जनताको आवाज भएको भन्दै उनले जनताका पक्षमा काम नगर्नेहरुलाई खबरदारी गर्न आफु र आफ्नो सञ्चारमाध्यम प्रतिवद्ध रहेको तिमिल्सिनाले बताए ।