दुप्चेश्वर र पन्चकन्यामा बाल आधिकार तथा बाल संरक्षण सम्बन्धित अभिमुखीकरण तालिम

काठमाडौ । दुप्चेश्वोर गाउँ पालिका र पन्चकन्या गाउँ पालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक एवं प्राबिधिक सहयोगमा रुडेक नेपालले दुप्चेश्वोर गाउँ पालिकामा “बाल अधिकार, बाल संरक्षण तथा बाल बिवाह बिषयक सरोकारवालाहरुलाई एकदिने अभिमुखीकरण तालिम आयोजना गरेको छ। जसमा ३२ जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको सभाध्यक्ष रुडेक नेपालका अध्यक्ष एवं गैसस महासंघ, बाग्मती प्रदेश उपसचिव मिन कुमार के सी ले गर्नु भएको थियो भने प्रमुख आथितिमा जिल्ला समन्वय समिति, नुवाकोटका अध्यक्ष्य रजिन्द्र बिक्रम सिंह ठकुरी, बिशेष आथितिमा दुप्चेश्वोर गाउँपालिका अध्यक्ष शंकर थापा, उपाध्यक्ष माकुरी तामांग र पन्चकन्या गाउँपालिका उपाध्यक्ष बिमला के सी (पाठक) रहनु भएको उक्त कार्यक्रम संचालन राजेन्द्र पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य रमेशजुङ्ग कुँवर ले राख्नु भएको थियो।
उक्त कार्यक्रममा बोल्दै सभाध्यक्ष, रुडेक नेपालका अध्यक्ष्य एवं गैसस महासंघ, बाग्मती प्रदेश उपसचिव मिन कुमार के सी ले बालअधिकार तथा बालसंरक्षण को क्षेत्रमा स्थानीय तहले बिशेष ध्यान दिनुपर्ने कुरा बताउनु भएको थियो भने प्रमुख आथिति, जिल्ला समन्वय समिति, नुवाकोटका अध्यक्ष रजिन्द्र बिक्रम सिंह ठकुरीले बालबालिका सम्बन्धित कार्यक्रममा जिल्ला समन्वय समिति, नुवाकोटले पनि सहकार्य गर्ने कुरा बताउनु भएको थियो । गुड नेवर्स इन्टरनेशनल नेपालका बाल संरक्षण अधिकृत मिन बहादुर थापाले यस कार्यक्रमका उद्धेश्यहरु सरोकारवालाहरूलाई स्थानीय तहमा बालअधिकारका प्रमुख मुद्दाहरूको पहिचान गरी त्यसको सम्भावित उपाय खोज्नु र स्थानीय तहमा बालअधिकारको संरक्षण र प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजनाहरू निर्माण गर्नु रहेको कुरा बताउनु भयो। यस कार्यक्रममा प्रशिक्षकको रुपमा आत्माराम थापा रहनुभएको थियो।