तारकेश्वर शैक्षिक मञ्चले शनिबार अन्तर विधालय तीज नृत्य प्रतियोगिता गर्ने

काठमाडौ । तारकेश्वर शैक्षिक मञ्चले भदौ ११ गते शनिबार अन्तर विधालय तिज नृत्य प्रतियोगिता गर्ने भएको छ। शनिबार तारकेश्वर ६ मा रहेको नर्थ भ्याली स्कुलमा तीज नृत्य प्रतियोगिता गर्ने लागिएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै शैक्षिक मञ्चका अध्यक्ष नवराज न्यौपानेले दिएको जानकारी अनुसार प्रतियोगितामा १८ ओटा विधालय सहभागी हुने र प्रतियोगितामा प्रथम दितिय तितृय हुनेलाई मेडल ट्रफि प्रमाणपत्र दिईनेछ।