डिल्लीराम घिमिरेले झापा -३ प्रदेस( क) मा गरे उम्मेदवारी घोषणा

काठमाडौ ।  यतिबेला देसभर मङ्सिर ४ गते हुने प्रदेससभा तथा प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै गएको छ। स्वतन्त्र व्यक्ति उम्मेदवार देखि विभिन्न राजनीति दलका नेताहरूले उम्मेदवार घोषणा गरिरहेका छन। यसै क्रममा डिल्लीराम  घिमिरे ‘हिक्मत’ ले मङ्सिर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र ) को तर्फबाट झापा क्षेत्र नं. ३ को प्रदेश ‘क ‘ मा प्रदेश सांसद को उम्मेदवारी दिने घोषणा उहाँले आफ्नो पार्टी कमिटीको बैठकमा आफ्नो धारणा राखेेका छन।

२०५३ देखि अनेरास्ववियु (क्रान्तिकारी) बाट  विधार्थि  राजनैतिक जीवनको यात्रा गरेका  डिल्लीराम घिमिरे ‘हिक्मत ‘ ले २०५६ को स्ववियु निर्वाचन स्थानीय चुनाव र संसदीय चुनावहरूको निर्वाचन कमान्ड सम्हालेर चुनावी रणनीति र कार्यनीतिको ज्ञान हासिल गरिसक्नुभएको छ ।

बिध्यार्थी आन्दोलनमा २०५९मा ६ महिना जेल जीवन, २०५८ मा नेकपा माओबादी पार्टी जिल्ला सदस्य पुस १३ मा जनयुद्धको क्रममा गिरफ्तार भई ०५९ चैत मा रिहा भै फेरि जन आन्दोलन कै समय ०६२ मङसिरमा गिरफ्तार भै ०६३ जेष्ठ मा रिहा हुनुभएको थियो भने उहाँ ०६३ मा वाईसीएल  नेपालको केन्द्रीय सदस्य , ०६५ मा केन्द्रीय सचिवालय सदस्य र कोचिला राज्य अध्यक्ष भएर राजनैतिक अनुभव र ज्ञान हासिल गरेक ा छन । उहाँ  सामाजिक कार्य र बिकास मा पनि सक्रिय हुनुहुन्छ।