काठमाडौ क्षेत्र न ४ मा एमालेबाट डा राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस

काठमाडौ । मंगसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय संयोजक विदुर विक्रम खड्काको अध्यक्षता बसेको बैठकले काठमाण्डौ क्षेत्र नं ४ बाट डा. भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेलले दावी गरेको भएपनि बृहत छलफल पछी डा. भट्टराईको नाम सर्वसम्मत गरी जिल्ला कमिटीमा पठाएको जानकारी दिदै संयोजक खड्काले नेकपा एमाले काठमाण्डौ -४ निर्वाचन अभियानमा जुट्ने बताएका छन।
भोलि भाद्र १७ गते प्रदेस सभा क्षेत्रका उम्मेदवार सिफारिस गर्ने तयारी गरेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को बैठकमा प्रदेश कमिटी एबं क्षेत्र नं ४ इन्चार्ज निर्मल कुईकेल, बागमती सदस्य तथा बुढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारी , बागमती प्रदेश कमिटी सदस्य सङ्गम गहतराज सहित जिल्ला कमिटी सदस्य तथा परिभाषित जिम्मेवारी तोकिएका विभिन्न तहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।