टोखा वडा न ११ ले वितरण गर्यो एक घरमा एक डस्बिन

काठमाडौ । टोखा नगरपालिका वडा न ११ ले एक घरमा एक डस्बिन वितरण गरेको छ। टोखा नगरपालिका उपमेयर मुरारी तामाङको प्रमुख अतिथिमा वितरण गरिएको हो ।             डस्विन वितरण कार्यक्रममा ३६० घरधुरिलाई दिएको र वडाका सबै घरधुरिलाई वितरण गरिने कार्यक्रम रहेको वडा सदस्य महेश थपलियाले जानकारी दिए। कार्यक्रममा वडा अध्यक्ष घनश्याम खड्का पुर्व वडा अध्यक्ष उतम अधिकारी ,वडा सदस्य , कर्मचारी नगर प्रहरीको उपस्थिति रहेको थियो ।