शिवपुरीका पदम उप्रेतीलाई उत्कृष्ट सामाजिक सेवा राष्ट्रिय नागरिक सम्मान

काठमाडौ । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा न ८ का पदम उप्रेतीलाई उत्कृष्ट सामाजिक सेवा राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड द्धारा सम्मान हुनु भएको छ।
पदम उप्रेती नुवाकोट जिल्लामा २०५४ सालदेखि निरन्तर समाजिक सेवाम सक्रिय हुनुहुन्छ ।उहाँले नुवाकोटमा कार्डसन सस्था सञ्चालन गरि नुवाकोटका गाउँ गाउँमा सामाजिक सेवाका विभिन्न कामहरु गरिरहनु भएको छ। उहाँलाई वुधवार काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा राष्ट्रिय प्रेस क्लब नेपालले आयोजना गरेको राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ कार्यक्रम गरेको थियो ।                                                                                                                             उक्त कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको थियो । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको प्रमुख अतिथि रहेको थियो । उक्त कार्यक्रममा २ दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तित्वहरुलाई राष्ट्रिय नागरिक सम्मान गरिएको थियो ।