टिकाको उतम साइत ११:५१ बजे रहेको छ

काठमाडौ । बडादसैको आज विजयादशमी हो । आज टीका लगाउने साइत बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको जनाइएको छ । तर नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।                                    विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः५१ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णाक समितिले जनाएको हो ।