काठमाडौ क्षेत्र नं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा चौथोपटक निर्वाचित भएका छन् ।
सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ को झिनो मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४ को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् ।
२०१२ सालमा जन्मेका सिंह २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा हुन् । उनी नेविसंघबाट राजनीतिमा उदाएका थिए ।