नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष नेपालसँग अमेरिकाका नवनियुक्त राजदूतको भेट

काठमाडौ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूतले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगमा आज महामहिम डिन थम्पसनले अध्यक्ष नेपाललाई शिष्टाचार भेट गर्नुभएको हो ।

भेटघाटमा अध्यक्ष नेपालले राजदूतलाई पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।