लायन्स क्लब अफ काठमाडौ कौशलले गर्यो रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ । लायन्स क्लब अफ काठमान्डौ कौशलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिहिवार  लायन्स क्लब, डिस्ट्रिक ३२५m , ब्लड डोनेसन बिभाग प्रमुख श्री गिता शर्मा ज्युको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम तारकेश्वोर नगरपालिका वार्ड न. ८ मा अवस्थित कौशल ईंग्लिश बोर्डिङ स्कुलको प्राङ्गणमा भएको थियो।         क्लबका पदाधिकारी तथा सदस्य, बिधालयका शिक्षक, बिद्यार्थी , अभिभावक लगाएतले रक्तदानमा सहभागिता जनाएका थिए। नेपाल रेड क्रस सोसाइटीको प्राबिधिक सहयोगमा भएको कार्यक्रमले अहिलेको डेन्गु को प्रकोपका कारण भएको ब्लड को अभाव लाई केहि हद सम्म सम्बोधन गर्ने आयोजकले आशा राखेको छ।             मानव जगतको भलाई र उन्नतिका लागि काम गर्ने उदेश्यका साथ स्थापित क्लब मार्फत अत्यन्तै महत्त्वपूर्ण काम गर्न पाएकोमा क्लबले खुशी व्यक्त गरेको छ।क्लबका अध्यक्ष शिव प्रसाद अर्यालले आगामी दिनमा पनि येस्तै खालका कार्यक्रमहरु लाई निरन्तरता दिने र मुख्यत वातावरण , स्वास्थ्य र शिक्षा क्षेत्र केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको कुरा बताउनु भयो।