शिवपुरीको समुन्द्रादेविमा पुस २३ र २४ गते नि: शुल्क स्वास्थ्य शिविर हुने

काठमाडौ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेविमा नि शुल्क स्वास्थ्य शिविर हुने भएको छ।
यहीँ पुस २३ र २४ गते शिवपुरी वडा नं ६ को आयोजनामा कार्यलय परिसर भनज्यङथोकमा ग्रीनसिटी हस्पिटल को सहकार्यमा शिविरमा स्त्रीरोग ,दन्त ,सुगर/ प्रेसर रोगको निशुल्क परिक्षण हुने वडा अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयो। शिविरमा विशेष सहयोग लायन्स क्लव अफ भक्तपुर रिबटहोम।लायन्स क्लव अफ काठमाडौ कर्मालय, सिदि स्माईल्स डेन्टल किलनिक रहेका छन।