एन्जल्स मार्टको साधारणसभा सम्पन्न

काठमाडौँ ,३० पुस : तारकेश्वर नगरपालिका वडा नं १० मा सञ्चालनमा रहेको एन्जल्स मार्टले वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार तारकेश्वर- १० को सर्वशक्ति सहकारीको हलमा भएको साधारणसभामा प्रमुख अतिथि बागमती प्रदेससभा सदस्य सैलेन्द्रमान बज्राचार्य रहनु भएको थियो । उहाँले साधारणसभालाई सम्बोधन गर्दै ” उपभोक्ताको चाहना अनुरुप सुविधा प्रदान गरियो भने यो क्षेत्र को ब्राण्डिङ हुने “बताउनु भयो । उक्त एन्जल्स माटले तारकेश्वर १० मा २०७४ साल देखि सेवा दिदै आईरहेको छ।उक्त कार्यक्रममा प्रमुख अतिथि सैलेन्द्रमान बज्राचार्यलाई सम्मान गरिएको थियो ।