संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको महासचिवमा कुवँर
काठमाडौं, ३ माघ । विभिन्न राजनीतिक पार्टीनिकट मजदूर संगठनहरुको संयुक्त संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको महासचिवमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुवँर चयन भएका छन् ।
विभिन्न १० वटा मजदूर संगठनहरु आवद्ध संस्थाको अध्यक्ष एमाले निकट संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ रहेका छन् । संयुक्त संस्थाले मजदूरहरुको हकहितमा सबै संगठनहरुसँग सहकार्य गरेर काम गर्ने गर्दछ ।
महासचिव चयन भएसँगै सोमबार पदभार ग्रहण गर्दै एनडीफन्टका अध्यक्ष कुवँरले मजदूरहरुको पक्षमा आफु सदाझैं प्रतिवद्ध भएर काम गर्ने बताए ।