राप्रविसं ग्रामिण आदर्शको अध्यक्षमा किरण भट्ट
तारकेश्वर, १७ फागुन । राजधानीको नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसको राप्रविसं इकाई अध्यक्षमा किरण भट्ट चयन भएका छन् ।
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको बुधवार सम्पन्न इकाइ अधिबेशनले भट्टलाई चुनेको हो । अध्यक्ष चुनिएसँगै उनले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफु उपसभापतिको उम्मेदवार रहने पनि घोषणा गरेका छन् ।
भट्टले क्याम्पसमा विद्यार्थीको हकहितका लागि कृयाशिल रहने र ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा राप्रबिसंको जितको झन्डा फहराउने बताएका छन् ।
उनको अध्यक्षतामा इकाइ भेलाले क्याम्पसमा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । त्रिभूवन विश्वविद्यालयले आगामी चैत पहिलो साता स्ववियु निर्वाचनको मिति तय भएपछि विद्यार्थी संगठनहरु कृयाशिल बनेका हुन् ।
१७ फाल्गुन २०७९, बुधबार