टोखामा चैत २५गते सडक खाना महोत्सव तथा सामाग्री प्रदशनी हुने

काठमाडौँ । टोखा नगरपालिकाको वडा नं २ टोखामा सडक खाना महोत्सव तथा सामाग्री प्रदशन कार्यक्रम हुने भएको छ। लघु उधम महिला समाज टोखाको आयोजना र टोखा नगरपालिका वडा नं २ को सहयोगमा चैत २५ गते शनिबार १० बजे देखि हुन लागिएको हो ।उक्त सडक खाना महोत्सव तथा सामाग्री प्रदशनीमा स्थानीय खाना , स्थानीय महिलाहरुले उत्पादन गरेको सामाग्री प्रदशनीमा रहने छ।