नुवाकोटमा नेकपा एकीकृत समाजवादीले गर्यो विदुर नगर कमिटी गठन
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको विदुर नगर स्तरीय कार्यकर्ता भेलाले २५ सदस्यीय सहितकाे नगर कमिटी गठन गरेकाे छ। 
विदुर नगर कमिटीकाे आयाेजनामा भएकाे बैठकले विदुर नगर कमिटीकाे संयाेजकमा सजन कुमार श्रेष्ठलाई चयन गरेकाे पार्टी उपसचिव उद्वव पनेरुले जानकारी दिनुभएकाे हाे। पनेरुका अनुसार सहसंयाेजकमा सुजना खतिवडा,सचिवमा दिपेश लाल चित्रकार र सहसचिवमा वर्षा चित्रकारलाई चयन गरेकाे छ। 
त्यस्तै, सदस्यहरुमा जीवन कुमाल,दिपक थापा,सविता श्रेष्ठ,हरिमाया तामाङ श्रेष्ठ,गाैरि वि.क,राजु रिमाल,शंकर गजुरेल,साजन राई,गाेपिनि केसि,वासु चित्रकार,अनिश्मा राई,सीता राई,सविता सडाैला,कृति थापा,हरि गुरुङ,निर्जल राई,विनाेद केसि,सारदा गजुरेल ,सम्भव न्याैपाने,महेन्द्र लाल डंगाेल सहित २५ सदस्यिय कमिटि निर्माण भएकाे पनेरुले बताउनु भयाे।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपमहासचिव गंगालाल तुलाधारले समाजवादी पार्टीलाई नुवाकोटकाे १२ वटै पालिकाहरुमा वडा कमिटी देखि पालिका किमिटी सम्मका सबै संगठन बिस्तार गर्दैलैजानका लागि सहयोग गर्न केन्द्रीय पार्टीले नुवाकोटमा खटाएकाे र पार्टीको निर्देशन अनुसार सबै भातृसंगठन बनाएर जाने प्रतिवद्वता व्यक्त गर्नुभएकाे हाे। उहाँकाे भनाई अनुसार आज विदुर नगर कमिटी गठन गरिएकाे छ यसैसंगठनमा आवद्ध सदस्यहरुले अब पार्टीक हरेक माेर्चामा आफूलाई दरिलाे र तर्कसंवत रुपमा टाेल,टाेल र बस्तिहरुमा समाजवादकाे नारा लिएर जान निर्देशन दिनुभएकाे छ। तुलाधार भन्नू हुन्छ “एकीकृत समाजवादी र समाजवादका विषयमा पशिक्षण कार्यकर्तामा दिएर समाजवाद किन चाहिन्छ भन्ने परिभाषा नागरिकहरु माझँ परामर्श दिनुआजकाे मुख्य आवश्यकता रहेकाे छ”।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी इन्चार्ज राजेन्द्रप्रसाद लाेहनी,केन्द्रीय परिषद सदस्य सुर्य बहादुर कडेल,पार्टी अध्यक्ष गाेबिन्द नेपाली,केन्द्रीय निवाचन आयाेगका सदस्य वसन्त बस्नेत,केन्द्रीय परिषद सदस्य यमकुमार ख्याती,कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश कमिटी सदस्य राजु सडाैला,पार्टी सचिव पदम उप्रेती ,जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश नेपाल,नेपाल खेलकुद महासंघ समाजवादी बागमती प्रदेश कमिटी अध्यक्ष उत्तम श्रेष्ठ ,युवासंघ नेपाल नुवाकोटका अध्यक्ष सुरेश अधिकारी,समाजवादी प्रेस संगठन नुवाकोटका अध्यक्ष जमुना गजुरेल लगाएतकाे उपस्थिति रहेकाे थियाे।
साथै आजकाे कार्यक्रममा नेकपा एमाले बेलकाेटगढी नगरपालिका नगर कमिटि सदस्य साेमप्रसाद भट्टले एमाले पार्टी परित्याग गर्दैआजवाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा समाहित हुनु भएकाे छ। उहाँ लाई खादा र माला सहित पार्टीका नेता तथा केन्द्रीय उपमहासचिव गंगालाल तुलाधरले स्वागत गरेका थिए।



