गौहत्या विरुद्ध राप्रपाले गर्यो मसाल जुलुस (फोटो फिचर)

काठमाडौं, ११ भदौ । गौहत्यालाई लिएर आन्दोलित बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृ संस्थाहरुले सोमबार राजधानीमा मसाल जुलुस निकालेको छ ।

धरानमा भएको गौहत्या र मांश सेवनको विषयलाई लिएर उक्त समुदायसँग हिन्दु समाज रुष्ट छ । यस्तो अवस्थामा हिन्दुवादी पार्टी राप्रपाले दवाव स्वरुप विभिन्न कार्यक्रम गरिरहेको छ । सो क्रममा राप्रपा निकट राष्ट्रिय युवा मोर्चा, राप्रविसं, युवक संगठन लगायन भातृसंस्थाका नेताकार्यकर्ता सहभागी भएका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा सांसद एवं राप्रपा महामन्त्री धवल शमसेर राणा पनि सहभागी भएका थिए । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने, हिन्दुहरुको आस्थामाथि चोट पुर्याउनेलाई कार्वाही गर्नुपर्ने लगायत माग राखेका छन् ।

 

 

११ भाद्र २०८०, सोमबार