तारकेश्वरमा कित्ताकाटको नयाँ नियम, १ रोपनीसम्मको कित्ताकाट वडाले सिफारिस गर्ने

काठमाडौं, ११ भदौ । कित्ताकाट खोल्ने सरकारको निर्णयपछि खुकुलो भएको कित्ताकाटलाई नियमन र सहजीकरण गर्न तारकेश्वर नगरपालिकाले कार्य विभाजन गरेको छ ।

नगरपालिकाको निर्णय अनुसार अब अंशवण्डा सम्बन्धि कित्ताकाट र १ रोपनीसम्मको व्यवसायिक प्रयोजनको प्लटिंग गर्न वडा कार्यालयको सिफारिस लिनुपर्ने भएको छ भने त्यो भन्दा माथिको कित्ताकाटलाई नगरपालिकाले सिफारिस गर्ने उल्लेख छ । तारकेश्वर नगरपालिकाले यसअघि भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित नहुँदासम्म जग्गाको कित्ताकाट गर्न भन्दै एउटा भूमी सम्बन्धि समिति बनाएको थियो ।

तर, हालको सूचनामा वडा कार्यालय र नगरपालिकाले कित्ताकाट सिफारिस गर्ने मापदण्ड भने खुलाइएको छैन ।

११ भाद्र २०८०, सोमबार