पेट्रोलियम पदार्थमा मूल्यवृद्धिः पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ र ग्यासको १८ सय ९५ पुग्यो

काठमाडौं, १४ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा मूल्य बढाएको छ ।
भारतीय आइल कर्पोरेसनले पठाएको नयाँ मूल्यलाई स्वचालित मूल्यप्रणाली कार्यविधि अनुरुप समायोजन गरिएको निगमले जनाएको छ । निगमको सूचना अनुसार पेट्रोलको मूल्य १ सय ७८ रुपैयाँबाट बढाएर १ सय ८२ पुर्याइएको छ भने डिजेल र मट्टितेलमा साविकको १ सय ६७ रुपैयाँबाट बढाएर १ सय ७० रुपैयाँ पुर्याइएको छ ।
सबैभन्दा बढि खाना पकाउने ग्यासको मूल्य बढाइएको छ । उपभोक्ताको ढाड सेकिनेगरि खाना पकाउने ग्यासमा साविकको १६ सय ६० रुपैयाँबाट २ सय ३५ रुपैयाँ बढाएर १८ सय ९५ रुपैयाँ पुर्याइएको छ ।
यस्तो छ निगमको नयाँ मूल्यसूचि