पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, पेट्रोलको भाउ १ सय ८३ रुपैयाँ पुग्यो

तारकेश्वर, ३० भदौ । पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि भएको छ ।
भारतबाट आउने मूल्यमा वृद्धि भएपछि स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
जस अनुसार यसअघि १ सय ८२ रुपैयाँमा बिक्रि हुने गरेको पेट्रोलमा १ रुपैयाँ बढेर १ सय ८३ पुगेको छ भने डिजेल र मट्टितेलमा ३/३ रुपैयाँका दरले मूल्य बढेको छ । मूल्य वृद्धि भएपछि डिजेल र मट्टितेलको भाउ १ सय ७३ रुपैयाँ पुगेको छ ।