व्हाइट रोज बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, १० असोज । बनस्थलीमा रहेको व्हाइट रोज बचत तथा सहकारी संस्थाले चौधौं वार्षिक साधारण सभा मनाएको छ ।

बनस्थली १६ काठमाडौंमा रहेको सहकारीले वार्षिक साधारण सभा मनाउँदै सहकारीले शेयर सदस्यहरुको स्वामित्वमा रही लोकतान्त्रिक मान्यतालाई अवलम्बन गर्दै, वित्तीय अनुशासन र समावेशीकरणलाई ध्यान दिँदै सदस्यहरुको आर्थिक सवलीकरणमा क्रियाशिल रहेको जनाएको छ । साधारण सभामा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै शेयर सदस्य एवं अतिथिहरु सहभागी भएका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष गणेश बजगाईंले संस्थालाई प्रणाली र पद्धतिमैत्री बनाउने काममा आफुहरुले लागिरहेको जानकारी दिए । सहकारीको खराब कर्जा व्यवस्थापन गर्न विशेष रणनीति बनाएको भन्दै अध्यक्ष बजगाईंले शेयरधनीलाई उचित मुनाफा दिनेगरि सहकारीको सञ्चालक समिति क्रियाशिल रहेको बताए ।

११ आश्विन २०८०, बिहीबार