ग्याँस बिक्रेताहरुको प्रमाणीकरण अभियानलाई पूर्णता दिन व्यवसायीको माग
काठमाडौं, २८ असोज । ग्यास बिक्रेताहरुको प्रमाणीकरण अभियानलाई पूर्णता दिन व्यवसायी र बिक्रेताले माग गरेका छन् । राजधानीमा ग्याँस उद्योग संघको नयाँ कार्यसमितिलाई बधाई दिन आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुले ग्यास बिक्रेताको प्रमाणिकरणकार्यलाई पूर्णता दिन माग गरेसँगै बिक्रेताहरुको बीमा गर्नपनि माग गरेका छन् ।
कार्यक्रममा ग्यास उद्योग महासंघका पूर्वअध्यक्ष गोकुल भण्डारीले ग्यासको बिक्रिवितरणलाई व्यवस्थित गर्न बिक्रेता प्रमाणिकरण अभियानलाई पुर्णता दिनुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष शिवप्रसाद घिमिरेले हाल चर्चामा रहेको ग्याँसको ठुला सिलिण्डर विषयमा स्पष्ट पारे । घिमिरेका अनुसार विक्रेतालाई यसले समस्या पर्दैन ।
संघको यहि अशोज ९ र १० गते सम्पन्न २८ औं साधारण सभा तथा ११ औं अधिवेशबाट निर्वाचित कार्यसमितिलाई ग्यास विक्रेता महासंघले राखेको कार्यक्रममा ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल, नेपाल एलपी ग्यास उधोग संघका पुर्व अध्यक्ष गोकुल भण्डारीले शुभकामना दिए । महासंघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद घिमिरेले पनि शुभकामना मन्तव्य दिए ।
संघको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै ग्याँस व्यवसायी महासंघका अध्यक्ष चन्द्र बहादुर थापाले हाल चर्चामा रहेको ठुला सिलिण्डर, ग्याँस विक्रेताहरुको बीमा, स्थानीयस्तरमा ग्याँस प्रयोगमा जनचेतना कार्यक्रम जस्ता विषयमा कार्य गर्न सुझाव दिए । त्यस्तै थापाले स्वचालित मुल्य प्रणाली, कमिसन प्रणाली ,ग्याँस बिक्रिवितरणका सम्बन्धमा पनि थप छलफल हुनुपर्ने धारणा राखे ।