बालाजु बाईपासमा सूचना केन्द्र निर्माण हुने, उत्तरी भेगबाट हुने आवागमनको लगत राखिने
तारकेश्वर १८, चैत । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको बालाजु वाईपासमा सूचना केन्द्र निर्माण हुने भएको छ ।
बालाजु बाईपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माणको लागि करिब एक करोड बराबरको बजेट विनियोजन गरिएको छ ।
बुधबार सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले निर्माण हुन लागेको सुचना केन्द्रको संयुक्त रुपमा शिलान्यास गरेका छन्।
बाईपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने बताइएको छ ।
‘काठमाडौँबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सुचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको निर्माण गर्न लागेको कार्यक्रममा मन्त्री मानन्धरले बताए ।
कार्यक्रमलाई सम्वोध गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने बताए ।
१८ चैत्र २०७७, बुधबार



