नेपाल स्काउट तारकेश्वरको खोप केन्द्रमा स्वयंसेवक गर्दै ।
तारकेश्वर नेपाल स्काउटले तारकेश्वर नगरपालिका मा जेष्ठ २५ गते देखि सुरु भएको भेरोसेल खोप लगाउने २ ओटा केन्द्र मनमैजु स्वास्थ्य चौकी र धर्मस्थली स्वास्थ्य चौकी मा स्वयंसेवक गरिरहेकाे छ। खोप ६० देखि ६४ वर्ष उमेरका मानिसलाई लगाईने छ। खोप केन्द्रमा खोप लगाउन आएकालाई सहज होस भनेर स्वयंसेवक गरिरहेको नेपाल स्काउट तारकेश्वर नगरपालिका सयोजक दामोदर बस्नेतले जानकारी दिए।
मनमैजु खोप केन्द्रमा नेपाल स्काउट तारकेश्वर नगर समिति को सदस्य बिष्णु खतिवडा ,मेनुका कार्की ,सुमन पराजुली ,सन्ध्या अधिकारीले स्वयंसेवक गरिरहेका छन भने धर्मस्थली खोप केन्द्रमा तारकेश्वर नगर सयोजक दामोदर बस्नेत ,तारकेश्वर नगर समिति का सदस्य सुरज कार्की ,नम्रता चापागाईं पुर्ण प्रसाद तिमिल्सिना ,अमृता सापकोटा रेश्मा तिमिल्सिना ले स्वयंसेवक गरिरहेका छन।



