पुष्पलाल स्पोर्ट्स क्लबले गर्यो किर्तिपुरमा रक्तदान कार्यक्रम
काठमाडौ साउन ७ पुष्पलाल स्पोर्ट्स क्लबले ४३ अैा पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौको किर्तिपुर नगरपालिका वडा न ४ पुष्पलाल पार्कमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहनु भएको थियो । अतिथि नेकपा एमाले काठमाडौ जिल्ला सचिवालय सदस्य बटुकृष्ण थापा पुष्पलाल स्पोर्ट्स क्लबका अध्यक्ष ईश्वर बुढाथोकी रहेका थिए। रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेको क्लबका सस्थापक अध्यक्ष केदार बुढाथोकीले तारकेश्वर अनलाइनलाई जानकारी दिए।



