झोर महांकाल सामुदायिक सिकाइ केन्द्रले दियो बौडेश्वर मा वि लाई शैक्षिक तथा खेलकुद सामग्री।
तारकेश्वर साउन १० काठमाडौको टोखा नगरपालिका वडा न १ झोरमा रहेको झोर महाकाल सामुदायिक सिकाई केन्द्रले श्री बौडेश्वर मा वि लाई शैक्षिक तथा खेलकुद सामाग्री विधालयमा एक कार्यक्रमका विच दिएको छ।
भलिबल ५ बास्केटबल ४ भलिबल नेट २ ड्रम सेट २ ज्यामिति बकस ३ स्किपिग डोरी १० हाते माईक १ बेडमिन्टन ११ सेट शैक्षिक चाट १० थान दराज स्टिल २ विश्व नक्सा १० टिभि ३२ ईन्चको २ थान सामाग्री रहेको छ।
् उक्त शैक्षिक तथा खेलकुद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा न १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी ले विधालयका प्रध्यानध्यापक उतम प्रसाद अधिकारी लाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको अध्यक्ष झोर महाकाल सिकाई केन्द्र का अध्यक्ष दिपेन्द्र लामिछानेले गरेको विधालयका रुपक सापकोटाले तारकेश्वर अनलाइनलाई जानकारी दिए।



