युवा संघ काठमाडौंको संयोजकमा गौरी शंकर राणा

काठमाडौ । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समुहको  युवा संघ नेपालले काठमाडौंको संयोजकमा तारकेश्वर नगरपालिका वडा न ६ धर्मस्थलीका युवा नेता गौरी शंकर राणा चयन भएका छन ।  आज बसेको बैठकले राणाको संयोजकत्वमा सह–संयोजक दाताराम पनेरु सहित ७६ जनाको आयोजक कमिटी घोषणा गरेको छ ।

बैठकमा संगठन बिभाग प्रमुख नितेश पैडेल, बागमती प्रदेश इन्चार्ज रोसन थापा, सहइन्चार्ज मिन श्रेष्ठ, जिल्ला इन्चार्ज महेश लामा र सहइन्चार्ज श्याम कुमार वाइवा सहितको बागमती प्रदेश बाट संघमा रहेका पदाधिकारी मध्ये काठमाडौंमा उपलब्द पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।युवा नेता गौरी शंकर राणा एमालेमा  इमान्दार एवं सक्रीय युवा नेता कार्यकर्ताका रुपमा परिचित छन ।