नेपाल राष्ट्रिय शिक्षक सगंठन थाहाले गर्यो विचार गोष्ठी तथा सहयोग रकम हस्तान्तरण
काठमाडौ साउन २१ नेपाल राष्ट्रिय शिक्षक संगठन, थाहा नगरपालिका समितिले समसामयिक सवालमा बिचार गोष्ठी तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। 
सुनौलो बिकास केन्द्र कुन्छालमा सम्पन्न उक्त कार्यक्रम संचालन थाहानगर शिक्षक समितिका सचिव कृष्ण प्रसाद लामीछानेले गर्नुभएको थियो । सभाध्यक्षमा शिक्षक समितिका अध्यक्ष रुपचन्द्र गोपालीले हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय शिक्षक संगठन , मकवानपुरको अध्यक्ष श्रीराम दाहालको उपस्थिति रहेको थियो ।
यस्तै शिक्षक संगठन हेटौँडा नगर समितिका अध्यक्ष मुकुन्द न्यौपानेको विशेष आतिथ्यता रहेको थियो भने नेपाल शिक्षक महासंघ थाहा नगरका सचिव गणेशमान श्रेष्ठ , जिल्ला सदस्य बिरमान स्याङ्तान , नवराज अर्याल लगायत थाहा नगर शिक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमकै बीच प्रमुख अतिथि दाहालले लामो समय देखि क्यानसर रोगको उपचार गराउँदै आउनु भएका नगरपालिका स्थित इन्द्रायणी मा . बिका शिक्षक नवराज अर्याललाई शिक्षक संगठनका सदस्यहरुबाट संकलित १ लाख १३ हजार ८ सय ५० रुपैँया हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा शिक्षक संगठन समिति नगरपालिकाले आफ्नो तेस्रो विस्तारिक बैठक समेत समापन गर्नुका साथ – साथै समसामयिक सवालका विषयमा जिल्लाका अध्यक्ष श्रीराम दाहालले कार्यक्रममा सहभागी शिक्षकहरुको जिज्ञासा समाधान गर्नु भएको सचिव कृष्ण प्रसाद लामीछानेले जानकारी दिनु भयो ।
२१ श्रावण २०७८, बिहीबार



