बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य
काठमाडौ भदौ ३ बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले सपथ लिएकी छन। मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले भाद्र २ गते बेलुका सपथ ग्रहण गरेकी छन् ।
सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा सामाजिक विकास मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।
३ भाद्र २०७८, बिहीबार



