नेकपा एमाले काठमाडौ क्षेत्र नं ५ को अगुवा कार्यकर्ता भेलासम्पन्न
काठमाडौ भदौ ६ नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाण्डौं क्षेत्र नं ५ समन्वय कमिटीकाे आयोजनामा नेकपा एमालेका महा सचिव क . इश्वर पोखरेलकाे प्रमूख आथित्यमा काठमाण्डौं जिल्ला कमिटी सचिव एबम् क्षेत्रिय संयोजक क दीपक निरौला को अध्यक्षमा बसुन्धरा स्थित मोर्गेन् कलेजमा अगुवा कार्यकर्ता भेला तथा छलफल संपन्न भएको छ। 
काठमाडौं नेकपा एमाले क्षेत्र नं ५ का वाग्मती प्रदेश कमिटी सदस्य, केन्द्रिय कमिटी सदस्य जिल्ला कमिटी सदस्य , नगर संयोजक , नगर कमिटी इन्चार्ज तथा शाखा कमिटी संयोजक साथै वडा अध्यक्षकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो|
कार्यक्रममा नगर इन्चार्ज ले पार्टी गतिविधिका बारेमा बोल्नु भएको थियो|नेतृत्व तहलाई जिम्मेवार भई लाग्न सुझाव दिनु भयो|
भेलामा केन्द्रिय कमिटी सदस्य क नारायण सिलवालले नेकपा एमालेका भातृ सङ्गठन हरुलाई मजबुज बनाउँनु पर्नेमा जोड दिँदै एमालेको विधान बमोजिम चल्नु पर्ने बताउँदै स्थानिय तहमा चुनावी कार्यमा सहज हुने वातावरण सिर्जना गर्न गम्भीर भएर लाग्न कार्यकर्ता लाई अनुरोध गर्नु भयो | 
छलफलमा जिल्ला कमिटी सचिव एबम् क्षेत्रीय संयोजक क दीपक निरौला ले स्थानिय कमिटिका संयोजक हरुको सदस्य हरुलाई सम्बोधन गर्दै पार्टी गतिविधि हरुलाई संचालन गर्न कुनै किसिमको समस्या न आउँने गरी नेकपा एमालेका भातृ संगठन तथा नयाँ पार्टी सदस्यता , नवीकरण र लेविको बारेमा केन्द्रको निर्णय अनुसार सबै पार्टी गतिविधि संचालन गर्न ध्यानकर्षण गर्नु भएको थियो|
भेलामा नेकपा एमालेका महासचिव क इश्वर पोखरेलले पार्टी एकता गर्न लागिपर्दा पनि सफल हुन नसकेको आउँदो महाधिवेशन लाई र स्थानिय निकायको चुनाव लाई लक्षित गरी कार्यकर्ता हरुले सहज ढंगले पार्टी गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो |
फोटो:_ गंगा लाल महर्जन
६ भाद्र २०७८, आईतवार



