बागमती प्रदेसमा १२ सांसद एकीकृत समाजवादीमा,अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद धरापमा
१५ भदौ, काठमाडौं । नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)मा बागमती प्रदेशका ११ सांसदले सनाखत गरेका छन् ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालनिकट अष्टलक्ष्मी शाक्यलाई बागमतीको मुख्यमन्त्री पदका लागि अघि सारेका थिए । शाक्य मुख्यमन्त्री बन्दा नेपालनिकट सांसद एमालेमै बस्ने आँकलन विपरीत मंगलबार १२ सांसद एकीकृत समाजवादीमा खुलेकाे नेकपा एकीकृत समाजवादीले जानकारी दिएको छ।
नेकपा एस रोज्ने बागमती प्रदेशका सांसदहरू:
१. राजेन्द्र पाण्डे
२. मुनु सिग्देल
३. वसुन्धरा हुमागाईं
४. लक्ष्मण लम्साल
५. राजेन्द्रमान श्रेष्ठ
६. पार्वती सिलवाल
७. ईन्द्रमाया गुरुङ
८. माधव पौडेल
९. वसन्त मानन्धर
१०. रमा आले मगर
११. कुसुमकुमार कार्की
१२. कृष्ण खनाल



