बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिए

काठमाण्डौ ,भाद्र  नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्।

एमाले नेता अष्टलक्ष्मी शाक्यको नेतृत्वमा रहेको प्रदेश सरकारका मन्त्री खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्। मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय (हेटौंडा) मा उपस्थित भएर उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए।