अनेरास्ववियू क्रान्तिकारीले विदुर नगरपालिकामा गठन गर्यो १९ सदस्यीय नगर समिती  

काठमाडौ  भदौ १६ नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगरपालिकामा देभाशिष ढकालको नेतृत्वमा १९ सदस्यीय समिति चयन भएको छ ।

अनेरास्ववियू क्रान्तिकारी नुवाकोट विदुर नगरपालिकाको मंगलबार भएको प्रथम भेलाले ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलाबाट सुरेन्द्र श्रेष्ठ नगर इञ्‍चार्ज तोकिएका छन।

नवगठित समितिमा उपाध्यक्षमा भूमिका श्रेष्ठ, सचिव नमराज रिमाल, सहसचिव संकल्प रिजाल र कोषाध्यक्ष करिस्मा गजुरेल चयन भएको अखिल (क्रान्तिकारी) का संयोजक विनोद कोइरालाले तारकेश्वर अनलाइनलाई जानकारी दिए ।

माओवादी केन्द्र नुवाकोट जिल्ला संयोजक एवं वाग्मती प्रदेश सांसद हिरानाथ खतिवडाको प्रमुख आथित्यतामा भएकको भेलामा जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज रामचन्द्र पौडेलको विशेष उपस्थिति रहेको थियो । त्यस्तै अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला कमिटीका नेता, कार्यकर्ताहरुको पनि  उपस्थिति रहेको थियो ।

१६ भाद्र २०७८, बुधबार