टाेखाको बिष्णुमती करिडोर क्षेत्रमा समुदाय–साझेदारी बृक्षारोपण कार्यक्रम
काठमाडौ भदौ १७ हर प्रहर गाउँ र नगरी ! टाेल टाेलमा नेपाल प्रहरी !! भन्ने मुल नाराका साथ महानगरीय प्रहरी बृत महराजगन्ज ,महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क,सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गाेंगबुंको आयोजना तथा बिष्णुमति करिडाेर उपभोक्ता समितिको सहकार्यमा समुदाय – साझेदारी बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पुर्व गृहमन्त्री भिम रावलले काठमाडौंको टाेखा नगरपालिका वडा ३ स्थित विष्णुमती करिडोर क्षेत्रमा रुद्राक्षका बिरुवा रोपेर उनले ‘समुदाय – साझेदारी बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बिशिस्ट अतिथि डिएसपी प्रमेश बिष्टले प्रमुख अतिथि पुर्व गृहमन्त्री भिम रावललाई स्वागत गर्दै आज अनौपचारिक कार्यक्रम भए पनि प्रकृतिप्रेमी पुर्व गृहमन्त्री भिम रावल ज्युबाट बिष्णुमति करिडाेरमा रुद्राक्षका बाेटबिरुवा बृक्षारोपण गराउन पाउदा ज्यादै खुशी लागेको बताउनु भयो। 
बृक्षारोपन कार्यक्रममा महानगरीय प्रहरी प्रभाग टाेखा प्रमुख चन्द्र बहादुर पुजाराले टाेखा नगरपालिकालाई हरियाली प्रबर्द्धन गर्न यस अघि पनि टाेखा विभिन्न क्लब संघसंस्थासंग साझेदारी गरि सांस्कृतिक सम्पदा क्षेत्रहरुमा बृक्षारोपण अभियानमा सहभागिता जनाइसकिएको बताउदै “हर प्रहर गाउँ र नगरी ! टाेल टाेलमा नेपाल प्रहरी !! भन्ने मुल नाराका साथ नेपाल प्रहरी , स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालय क्षेत्र लगायत समुदाय संग निरन्तर साझेदारी गरि कार्यक्रमलाई अघि बढाउने बताए। 
महानगरीय प्रहरी बृत महराजगन्ज ,महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क,सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गाेंगबुंको आयोजना भएको समुदाय – साझेदारी बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि पुर्व गृहमन्त्री भिम रावल, डिएसपी प्रमेश बिष्ट , महानगरीय प्रहरी प्रभाग टाेखा प्रमुख चन्द्र बहादुर पुजारा,सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गाेंगबुंका अध्यक्ष राकेश सिंह , बिष्णुमति करिडाेर उपभोक्ता समितिका अध्यक्ष हरिदास श्रेष्ठ , समितिका उपाध्यक्ष शुसान्त डंगोल, टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी , टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ ,टाेखा नगरपालिका वडा ६ का सदस्य , टाेखा सांस्कृतिक सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल ,बिष्णुमति करिडाेर उपभोक्ता समितिका सल्लाहकार शैलेन्द्र डंगोल , ज्ञानकाजी डंगोल लगायत समितिका पदाधिकारीहरु,राजनीतिक कर्मी राष्ट्रमान श्रेष्ठ ,रमेश जोशी , भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशी, क्लबका पदाधिकारीहरु, स्काउटर नवीन श्रेष्ठ ,नेपाल प्रहरी लगायत समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे ।



