नुवाकोटकमा काङ्ग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने

नुवाकोट, १७ भदौ । नुवाकोटमा नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने भएको छ।

बुधबार बसेको जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति, जिल्ला निर्वाचन अधिकृतसहितको भेलाले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो। जिल्लामा रहेको ८८ वटै वडामा २१ गते अधिवेशन गर्ने निर्णय भएको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए।